• २०८३ असार ३२ | Thu, 16 Jul 2026

सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण वेस क्याम्पबाट १ सय ६२ जनाकाे उद्धार

सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण वेस क्याम्पबाट १ सय ६२ जनाकाे उद्धार

म्याग्दी । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेस नारच्याङ, म्याग्दीले अन्नपूर्ण वेस क्याम्पबाट १ सय ६२ जना पर्यटकको उद्वार गरेको छ। कार्तिक ११, १२ र १३ गते बिहानसम्म १ सय ६२ जनाकाे उद्धार गरिएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज वेस क्याम्पतर्फ गएको थियो । साे सुरक्षा फौजले १७ विदेशी पर्यटकसहित आज बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको हो ।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएकाे छ ।

तस्बीरः सशस्त्र प्रहरी बल



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १३, बिहीबार ०८:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP