काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ ।
बुधबार २ हजार ५६६.१६ विन्दुमा झरेर रोकिएको नेप्से आज २ हजार ६००.३८ अंकमा उक्लेर रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स ५.४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ ।
कुल ३१९ स्टकको ५३ हजार ११२ पटकको कारोबारमा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर खरिद विक्री भए ।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त वित्तिय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, सुपर माई हाइड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। एनआईबीएल सबल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ।
प्रतिक्रिया