चितवन। राैतहटकाे गौरबाट काठमाडौँतर्फ आइरहेको बस चितवनमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान बस दुर्घटना हुँदा ३३ जना घाइते भएका प्रहरीले जनाएकाे छ। दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि चितवनका विभिन्न अस्पतालहरुमा पठाइएको छ। घाइते सबैको अवस्था सामान्य छ ।
बा. प्र.०३०० ख ०१२३ नम्बरको बस दुर्घटना भएको हो । साे बस पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएर सडकमा पल्टिएको थियो । थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया