• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्से परिसूचक आज ११.२९ अंकले घट्याे, कति भयाे काराेबार ?

नेप्से परिसूचक आज ११.२९ अंकले घट्याे, कति भयाे काराेबार ?

काठमाडौँ। शेयर काराेबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक आज ११.२९ अंकले घटेर २ हजार ५९६.१२ बिन्दुमा बन्द भएको हाे ।

उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आउँदा समग्र परिसूचक घट्न पुग्यो ।

आज १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ।

कारोबारका हिसाबले शिभम् सिमेन्ट सबैभन्दा अगाडि रह्यो । त्यसपछि राधी जलविद्युत्, हिमालयन डिस्टीलरी र एनआरएनको शेयर धेरै कारोबार भए।

कारोबार भएकामध्ये ७७ कम्पनीको शेयर मूल्य बढ्दा १६५ वटाको गिरावट आयो । ९ वटा कम्पनीको शेयर स्थिर रहेकाे छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २०, बिहीबार ०९:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP