• २०८३ असार ३२ | Thu, 16 Jul 2026

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका २५ वर्षीया सुजु प्रजा र काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने ४२ वर्षीया रोजी गुरूङ रहेका छन् ।

पक्राउ परेका मध्ये सुजुले युके पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ६४ हजार रूपैयाँ र रोजीले साइप्रस पठाइदिन्छु भन्दै १ जनाबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजुलाई काठमाडौं महानगरपालिका-२८ बाट र रोजीलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २, मंगलवार १५:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP