• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

प्रहरी समाचारः स्रोत नखुलेको पाँच लाखसहित एक जना पक्राउ

प्रहरी समाचारः स्रोत नखुलेको पाँच लाखसहित एक जना पक्राउ

रौतहट । गौर नगरपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । सोही नगरपालिका-१ बस्ने ४४ वर्षीय राकेश प्रसादलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बिआर ३० यु ७२४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित पक्राउ
हुम्लाकाे सिमकोट गाउँपालिका-४ बुराउसे बस्ने ७४ वर्षीय कुङगा सुन्दुप लामालाई भरूवा बन्दुक १ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोलुखुम्बु, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-२ बस्ने २० वर्षीय योमुसिङ कुलुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । योमु सिङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ बस्ने २२ वर्षीय प्रचन पाचे मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रचनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २४, शनिबार ११:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP