• २०८३ असार ३२ | Thu, 16 Jul 2026

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाकाे अनुराेध (विज्ञप्तिसहित)

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाकाे अनुराेध (विज्ञप्तिसहित)

काठमाडौं । भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाले आम सर्वसाधारणलाई अनुरोध गरेको छ।

विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै सेनाले गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको हो ।

जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै भनेको छ, ‘विद्यामान परिस्थितीमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमितरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ । तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ।’

सेनाले सूचना आदानप्रदानको लागि जनसम्पर्कको लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २७, शुक्रबार ०४:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP