• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भरूवा बन्दुकसहित पञ्चेश्वरबाट एक जना पक्राउ

भरूवा बन्दुकसहित पञ्चेश्वरबाट एक जना पक्राउ

बैतडी । पञ्चेश्वर गाउँपालिका-४ स्थित महाकाली करिडोरबाट भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् ।

यसका साथै छर्रा ३५ थान, बारूद र केप १ थानसहित सोही गाउँपालिका-४ बगौरा बस्ने ४१ वर्षीय गम्भिरबहादुर चन्दलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय बैतडीसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ६, शनिबार १३:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP