• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषध काराेबारमा काभ्रेका दुई जनासहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागूऔषध काराेबारमा काभ्रेका दुई जनासहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका ८ बस्ने २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका ३, धुनीखर्क बस्ने २५ वर्षीय सरोज तिमल्सिना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गासमेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.००१-००६ ख ९८१४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, रंगेली नगरपालिका-४ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-१० बस्ने २९ वर्षीय सरोज डोटेल र सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २९ वर्षीय निश्चल काफ्ले रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ८४६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-९ त्रिवेणी बस्ने २२ वर्षीय सुमित थापा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.२३ प ४३४ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्रामसहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-१ बस्ने ३० वर्षीय सानु कान्छा राई, हेटौंडा उपमहानगरपालिका-१२ सिक्रेनी बस्ने २७ वर्षीय सन्तोष आले मगर र चितवन राप्ती नगरपालिका-८ बस्ने २८ वर्षीय कर्ण गुरूङ रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०४४१ नम्बरको इभी गाडीमा सवार सानु कान्छा र सन्तोषलाई ४ सय ८० मिलिग्राम उक्त पदार्थ र बा.प्र.०२-००६ ज ७९८३ नम्बरको इभीमा सवार कर्णलाई १ ग्राम ६ सय २० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित खजुरा गाउँपालिका-६ बस्ने २५ वर्षीय सागर विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१३ छोटी पुलबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-५ बस्ने ६५ वर्षीय भीम लिम्बु र ३० वर्षीय ख्याम लिम्बु रहेका छन्। प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०२-०५७ प ५३२५ र को.२५ प १४३७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ दैलेखी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित दैलेख दुल्लु नगरपालिका-१ घर भएका १९ वर्षीय बिनोद खड्कासमेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २७ वर्षीय नरेशकुमार आचार्य र ३० वर्षीय सन्देश आचार्य रहेका छन् । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको बा.प्र.०१-०३३ च ५२४४ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २७, शनिबार १०:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP