धुलिखेल। जिल्ला प्रशासन कार्यालय काभ्रेले भाेलिदेखि नियमितरुपमा सेवा प्रवाह गर्ने भएकाे छ ।
आज एक विज्ञप्ति जारी गर्दै कार्यालयले यसकाे जानकारी दिएकाे हाे ।
साथै जिल्लाका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थालाई पनि अनिवार्यरुपमा सेवा सुचारु गर्न कार्यालयले अनुराेध पनि गरेकाे छ ।
माैसममा आएकाे आकस्मिक परिवर्तनका कारण दशैंपछि शुरु हुने सेवा दुई दिन लम्बिएकाे हाे । सरकारले भने आज र भाेलि सार्वजनिक बिदाकाे यसअघि नै घाेषणा गरेकाे छ ।

प्रतिक्रिया