• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा, आज २ हजार २०० ले बढ्याे : कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा, आज २ हजार २०० ले बढ्याे : कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे छ । प्रतिताेला आज २ हजार २०० ले बढ्दै सुन आज २ लाख ५८ हजार ८०० मा काराेबार भइरहेकाे न्पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस अघि गत असाेज ३० गते सुनकाे मूल्य २ लाख ५८ हजार पुगेकाे थियाे । त्यसयता घटबढ हुँदै आएकाे सुनकाे मूल्यमा आज नयाँ रेकर्ड कायम भएकाे हाे ।

गत हप्ता सुनकाे मूल्य प्रतितोला चार हजार दुई सयले बढेकाे थियाे । मंसिर १९ गते शुक्रबार प्रतिताेला २ लाख ५२ हजार ४०० मा काराेबार भएकाे सुन आइतबार २ लाख ५२ हजार २०० मा काराेबार भयाे । यस्तै साेमबार ७०० ले बढेर २ लाख ५२ हजार ९०० मा र मंगलबार एक हजारले घट्दै २ लाख ५१ हजार ९०० मा काराेबार भएकाे थियाे ।

बुधबार २ लाख ५२ हजार १०० र बिहीबार २ लाख ५३ हजार एक सयमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने ह्वात्तै बढ्दै २ लाख ५६ हजार ६०० पुगेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्यमा भने गिरावट आएकाे छ । चाँदी आज प्रतिताेला ८० रुपैंयाँले घटेर ३ हजार ८२५ रुपैंयाँमा काराेबार भइरहेकाे छ।

गत साता शुक्रबार प्रतिताेला ३ हजार ५५५ मा काराेबार भएकाे चाँदी शुक्रबारसम्म आइपुग्दा ३ हजार ९०५ रुपैंयाँमा काराेबार भएकाे थियाे । याे मूल्य हालसम्मकै उच्च हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २८, आईतवार ०५:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP