काभ्रे । आज बनेपा क्षेत्रमा विद्युत सेवा बिहानैदेखि अनियमित हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण शाखाले यसकाे जानकारी दिएकाे हाे ।
‘आज मंसिर २९ गते साँगा-धुलिखेल सडक विस्तार आयोजना अन्तर्गतको सवस्टेशन क्षेत्रमा line relocation, dismantling & line shifting works को लागि नाला तथा हस्पिटल फिडर बिहान ०८:०० बजेदेखि १२:०० बजेसम्म विद्युत लाइन बन्द गरिने भएकाे छ ।’- प्राधिकरणले दिएकाे सूचनामा उल्लेख छ ।
यसका लागि बुडोल, तरकारी बजार, चण्डेश्वरी, नयाबस्ती, रबीओपी, देबिटार, नाला क्षेत्रमा विद्युत अनियमित हुने जानकारी गरिन्छ । यसबाट ग्राहक बर्गमा पर्न जाने असुविधाप्रती क्षमाप्रार्थी माग्दै समय अगावै कार्य सम्पन्न भएमा सोही बमोजिम लाइन सुचारु गरिने विद्युत प्राधिकरणले जनाएकाे छ।
साथै दिउँसो ३ बजेदेखि ४:३० बजेसम्म 4 pole structure मा कार्य गराउन साँगा र २८ किलो फिडरसमेत काटिने भएकाले बनेपा बजार, जनागाल, भैंसेपाटी, धनेश्वर, सिनागाल, बासडोल , साँगा र २८ किलो क्षेत्रमा विद्युत अनियमित हुने पनि प्राधिकरणले जनाएकाे छ।
प्रतिक्रिया