काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ । साेमबार नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य आज प्रतिताेला १ हजार ७०० ले घटेको हाे।
याे हप्ता आइतबार २ हजार २०० ले बढेको थियो भने साेमबार एक हजार ९०० ले बढेकाे थियाे । यससँगै आज सुन २ लाख ५९ हजारमा काराेबार भइरहेकाे न्पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत हप्ता सुनकाे मूल्य प्रतितोला चार हजार दुई सयले बढेकाे थियाे । मंसिर १९ गते शुक्रबार प्रतिताेला २ लाख ५२ हजार ४०० मा काराेबार भएकाे सुन आइतबार २ लाख ५२ हजार २०० मा काराेबार भयाे । यस्तै साेमबार ७०० ले बढेर २ लाख ५२ हजार ९०० मा र मंगलबार एक हजारले घट्दै २ लाख ५१ हजार ९०० मा काराेबार भएकाे थियाे ।
बुधबार २ लाख ५२ हजार १०० र बिहीबार २ लाख ५३ हजार एक सयमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने ह्वात्तै बढ्दै २ लाख ५६ हजार ६०० पुगेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य भने बढेको छ । चाँदी आज प्रतिताेला १५ रुपैंयाँले बढेर ३ हजार ८८५ रुपैंयाँमा काराेबार भइरहेकाे छ।
प्रतिक्रिया