काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा बृद्धि भएकाे छ । आज प्रतितोला ५ हजार ३०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको छ ।
याे हप्ता आइतबार ८ हजार २०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार प्रतितोला ९०० रूपैंयाँले मूल्य घट्याे । मंगलबार २ हजार रूपैंयाँले मूल्य बढेको थियाे । बुधबार १० हजार १०० रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ५ हजार १०० रूपैंयाँले मूल्य घट्याे ।
गत हप्ता आइतबार सुनकाे मूल्य ह्वात्तै बढेको थियाे । त्यस दिन प्रतितोला २० हजार ५०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । बुधबार मूल्य स्थिर थियाे भने बिहीबार २०० रूपैंयाँले मूल्य घट्याे । शुक्रबार २ हजार १०० रूपैंयाँले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेको छ । १९० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया