• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य  ह्वात्तै  बढेको छ। आज प्रतितोला ६ हजार ४०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ७ हजार ९०० रूपैंयाँ कायम भएको छ ।

यो हप्ता आइतबार प्रतितोला ४ हजार ८०० रूपैंयाँले बढेकाे थियाे । सोमबार २०० ले मूल्य घटेको थियो ।

गत हप्ता आइतबार सुन प्रतितोला १ हजार ८०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे । मंगलबार २०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यस्तै बुधबार ४ हजार २०० रूपैंयाँले मूल्य बढ्याे भने बिहीबार ८ हजार रूपैंयाँले मूल्य बढेको थियाे । शुक्रबार ९०० रूपैंयाँले मूल्य बढ्याे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ११० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ७८० रुपैंयाँ कायम भएको छ ।

गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २६, मंगलवार १३:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP