• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट सात जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट सात जना पक्राउ

ललितपुर । गोदावरी नगरपालिका-१४ ठैब लाखे टोल डेरा गरी बस्ने खोटाङ घर भएकी २९ वर्षीया संगीता कार्कीको कोठामा जुवातास खेलिरहेको अवस्थामा संगीतासमेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३६ हजार ४ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ५ थान मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १६, बुधबार ०७:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP