• २०८३ असार ३२ | Thu, 16 Jul 2026

जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न पाँच जना काठमाडौँबाट पक्राउ

जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न पाँच जना काठमाडौँबाट पक्राउ

काठमाडौँ । क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई जुवा खेल्ने/खलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भएका ६५ वर्षीय पशुपति खड्का, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ घर भएका ४६ वर्षीय दयाराम राना रहेका छन् ।

यस्तै काठमाडौं महानगरपालिका-६ रामनगर बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने दोलखा मेलुङ गाउँपालिका-२ घर भएका ४० वर्षीय सन्तोष भण्डारी र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-७ घर भएका २४ वर्षीय गणेशबहादुर मगर रहेका छन् ।

बुढानिलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरूड क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई गैरकानुनीरूपमा ठूलो रकमको हारजित हुने गरी जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जुवा खेल्ने/खेलाउने नहुनेसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १८, शुक्रबार ०९:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP