• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँबाट पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँबाट पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका-१० बस्ने झापा घर भएका ४६ वर्षीय नविन रिजाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १९, शनिबार १३:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP