• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भुम्लु गाउँपालिकाभित्रका सरकारी तथा सार्वजनिक र अतिक्रमित जग्गाको रेखाङ्कन शुरु

भुम्लु गाउँपालिकाभित्रका सरकारी तथा सार्वजनिक र अतिक्रमित जग्गाको रेखाङ्कन शुरु

भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक र अतिक्रमित जग्गाको रेखाङ्कन काम शुरुको गरेको छ । नेपाल सरकारको परिपत्र अनुसार बुधबारदेखि सो कार्यको शुरुवात गरिएको हो ।

सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यापक अनुगमन तथा नापजाँच कार्य शुरु गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाको पहलमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, तथा सरोकारवालाहरुको संयुक्त उपस्थितीमा स्थलगत अनुगमन गरि रेखाङ्कन थालिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, सडक बोर्ड, नापी टोली, पूर्वाधार कार्यालय लगायतका प्रतिनिधिहरूको सहभागितामा वडा नं. ९ को अरनिको राजमार्ग आसपास ५४ किलो क्षेत्रदेखि वडा नं. ८ को दोलालघाट बजार क्षेत्रसम्म सार्वजनिक जग्गाको पहिचान, विवरण संकलन, सडक अधिकार क्षेत्र निर्धारण तथा रेखाङ्कन कार्य शुरु गरिएको छ ।

गाउँपालिकाले यो कार्यलाई क्रमिकरूपमा विस्तार गर्दै सबै १० वटै वडामा सार्वजनिक जग्गाको पहिचान र अभिलेखीकरण गर्ने योजना अघि बढाएको उहाँले बताउनुभयो । यसबाट स्थानीय तहमा पारदर्शिता कायम हुनुका साथै विकास निर्माण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

‘सार्वजनिक जग्गाको यथार्थ अवस्था पहिचान गरेर त्यसको संरक्षण र व्यवस्थित उपयोग सुनिश्चित गर्नु हाम्रो मुख्य लक्ष्य हो ।’ भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र तामाङले भने, ‘यस अभियानले अतिक्रमण रोकथामसँगै अभिलेखीकरणलाई मजबुत बनाउँदै दीगो व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास छ ।’



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार ०६:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP