• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

छुदेन काबिमोको ‘उरमाल’ ले पायो मदन पुरस्कार–२०८१

छुदेन काबिमोको ‘उरमाल’ ले पायो मदन पुरस्कार–२०८१

काठमाडौं । वर्ष–२०८१ को मदन पुरस्कार छुदेन काबिमोको पुस्तक ‘उरमाल’ले पाएको छ । मदन पुरस्कार गुठीको भदाै ६ गते बसेको बैठकले काबिमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

यसैगरि लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रेमदेव गिरीलाई जगदम्बा–श्री प्रदान गरेको छ ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक ०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार दिइएको थियो ।

२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार ०६:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP