• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा छ।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा छ। आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ। कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ २२ र बिक्रीदर ४६२ रुपैयाँ १८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ५७ र बिक्रीदर ४६१ रुपैयाँ ५३ पैसा थियो। आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९० पैसा छ।

यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २०, शुक्रबार ०१:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP