काठमाडौँ । केही दिनदेखि लगातार बढेर बिहीबार स्थिर रहेकाे सुनकाे मूल्य आज भने ह्वात्तै बढेकाे छ।
सुन आज प्रतिताेला २ लाख १० हजार ४०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। बिहीबारभन्दा आज २ हजार ५०० ले बढेकाे हाे । याे मूल्य हालसम्मकै उच्च हाे ।
आज चाँदीकाे मूल्य पनि बढेकाे छ। चाँदी आज १० रुपैंयाँ बढेर २ हजार ४९० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।
प्रतिक्रिया