• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

मंगलबार ५.३२ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

मंगलबार ५.३२ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ५.३२ अंकले बढेको छ।

यससँगै नेप्से बढेर २ हजार ६५५.९९ बिन्दुमा पुगेको छ। आज ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ।

मंगलबार १२२ वटा कम्पनीको मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको मूल्यमा गिरावट आयो । १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आज झापा इनर्जीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने जोशी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

विकास बैंक, जीवन बीमा, म्युचुअल फन्ड र व्यापार समूहबाहेक सबै समूहको उपसूचक हरियाली रह्यो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ९, मंगलवार १२:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP