• २०८३ असार ३१ | Wed, 15 Jul 2026

त्रिभुवन विश्वविद्यालयका सबै पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

त्रिभुवन विश्वविद्यालयका सबै पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितीका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठनपाठन कार्तिक ११ गतेदेखि हुने जानकारी दिएको हाे ।

सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ–’मुलुकभर विद्यमान असामान्य परिस्थितीका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।’

जारी सूचनामा शनिबार, दशैं, तिहार तथा छठका सार्वजनिक बिदाका दिनहरु भने उल्लेख गरिएकाे छैन ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार ०५:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP