काठमाडौँ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सम्पूर्ण पठनपाठन छठपछि मात्रै हुने भएको छ।
विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितीका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठनपाठन छठ पर्वपछि हुने जानकारी दिएको हाे ।

विश्वविद्यालयकाे रजिष्टारकाे कार्यालयले आज एक सूचना जारी गर्दै हाेस्टलमा बस्ने विद्यार्थीहरुका लागि काठमाडाैंसम्म जानका लागि भाेलि बसकाे व्यवस्था रहेकाे जानकारीसमेत दिएकाे छ । विश्वविद्यालयका अन्य कामहरु तथा सेवाहरु आवश्यकता अनुसार हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया