काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका छन् । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका हुन् ।
साे बसपार्कबाट आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।
यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितीमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो ।
हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागतरूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।राससकाे सहयाेगमा
फाइल फाेटाे
प्रतिक्रिया