• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काठमाडौंसहित देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौंसहित देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं । शुक्रबार राति देशले सुशीला कार्कीको रूपमा नयाँ प्रधानमन्त्री पाएसँगै शनिबार बिहानदेखि काठमाडौंसहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ।

नेपाली सेनाले जारी गरेको कर्फ्युको समय अवधि शनिबार बिहान ६ बजे सकिएकाे छ। अहिले शहर बजारमा चहलपहल बढेको छ । शुक्रबारपछि सेनाले निषेधाज्ञा तथा कर्फ्यूको नयाँ तालिका सार्वजनिक नगरेपछि जनजीवन सामान्य बनेको हो ।

नेपाली सेनाले पछिल्लो पटक काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा आज बिहान ६ बजेदेखि सकिएको छ ।

जेन-जीको प्रदर्शनपछि विषम परिस्थिती र असुरक्षाको कारण देखाउँदै सेनाले पछिल्लो चार दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेशसम्बन्धी सूचना जारी गर्ने गरेको थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २८, शनिबार ०३:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP