• २०८३ असार ३२ | Thu, 16 Jul 2026

जिसस काभ्रे प्रमुख नेतृत्वकाे टाेलीद्वारा आन्दोलनमा आगजनी भएका संरचनाहरुकाे अवलोकन

जिसस काभ्रे प्रमुख नेतृत्वकाे टाेलीद्वारा आन्दोलनमा आगजनी भएका संरचनाहरुकाे अवलोकन

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम नेतृत्वको टोलीले भदौ २४ गतेकाे आन्दोलनका क्रममा आगजनी भएका जनप्रतिनिधि, नगरपालिका भवन तथा प्रहरी चौकीहरुको स्थलगत अवलोकन गरेकाे छ।

आज धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठको घर, एमाले जिल्ला पार्टी कार्यालय, नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय र बनेपा नगरपालिकामा टाेलीले अवलाेकन गरेकाे थियाे ।

यस्तै जिल्ला ट्राफिक कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय बनेपा, पनौती नगरपालिकाका पूर्वमेयर भीमप्रसाद न्यौपानेको घर, उपप्रमुख गीता बञ्जाराको घर, नगरप्रमुख रामशरण भण्डारीको घर, पूर्वसांसद शिव हुमागाईंको घर, पनौतीका वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घर र क्याप्टेन रामेश्वर थापाको घरको पनि अवलोकन गरिएको समन्वय प्रमुख दिपककुमार गाैतमले जानकारी दिनुभयाे ।

साे क्रममा आन्दाेलनका नाममा नागरिकका घर र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यकाे निन्दा र भर्त्सनाका साथै पीडितहरुमा सान्त्वना प्रदान गरिएकाे उहाँले बताउनुभयाे । साे आन्दाेलनमा जिल्लाका १८ वटा निजी र सार्वजनिक भवनहरुमा ताेडफाेड र आगजनी गरिएकाे प्रारम्भिक विवरण सार्वजनिक भएकाे छ । संलग्नहरुलाई खाेजी र कारबाही प्रक्रिया पनि अघि बढाइएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

तस्बीरहरुः दिपक गाैतमकाे सचिवालयबाट



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार १४:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP