• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मन्त्रिपरिषद् विस्तारः तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

मन्त्रिपरिषद् विस्तारः तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारकाे मन्त्रिपरिषद् विस्तार गरिएकाे छ । हाललाई तीन जना मन्त्रीहरु नियुक्त भएका हुन् ।

नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् ।

ओमप्रकाश अर्याल गृह र कानुन मन्त्रालयमा नियुक्त भएका छन् । अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् । घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३०, सोमबार ००:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP