काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लगिएका मालसामान फिर्ता गर्न संघीय संसद सचिवालयले आग्रह गरेको छ ।
सचिवालयले आज एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो।
‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनु हुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको वतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
संसद् सचिवालयले मालसामानहरू लगेको भिडियाे भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ ।

प्रतिक्रिया