काठमाडौँ । कार्यालय समयमा विद्यालय पोशाकसहितका टिकटक भिडियो नबनाउन शिक्षक तथा कर्मचारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेकाे छ।

शिक्षक तथा कर्मचारीले कार्यालय समयमा ताेकिएकाे पाेशाकमा टिकटक भिडियाे लगायत बालमनाेविज्ञानमा असर पुग्ने सामाग्री बनाएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय हेलाे सरकारमा गुनासाे आएपछि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई यस्ताे निर्देशन जारी गरेकाे हाे । यसमा सहयाेग गर्न मन्त्रालयले सम्बन्धित सबैलाई अनुराेध पनि गरेकाे छ ।
शाखा अधिकृत रमाकान्त अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय सतर्कता केन्द्र अन्वेषण तथा अनुगमन शाखालाई बाेधार्थ गरिएकाे छ।
प्रतिक्रिया