• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कान्छीमाया फाउण्डेशनद्वारा पूर्णसञ्जीवनी लङ्खनामाई माविका एसइइ उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कान्छीमाया फाउण्डेशनद्वारा पूर्णसञ्जीवनी लङ्खनामाई माविका एसइइ उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान

धुलिखेल। कान्छीमाया फाउण्डेशनले पूर्णसञ्जीवनी लङ्खनामाई माध्यमिक विद्यालयका एसइइ उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

विद्यालय परिसरमा शनिबार आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष दिलबहादुर थोकरले मिहेनत र उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको प्रतिभाको कदर गर्दै छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो।

उहाँले शिक्षा क्षेत्रमा लगानी गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न फाउण्डेशनले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

साथै आगामी दिनमा पनि छात्रवृत्ति वितरण तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको समेत सहभागिता रहेको थियो। छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीहरूले आफूहरू थप उत्साहित भएको प्रतिक्रिया दिएका थिए।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ९, शनिबार १५:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP