• २०८३ असार ३२ | Thu, 16 Jul 2026

त्रिविको शुल्क विवादमा स्ववियुको प्रश्न : सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो ?

त्रिविको शुल्क विवादमा स्ववियुको प्रश्न : सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो ?

१२ भदौ, काठमाडौ । त्रिविको स्वतन्त्र विद्यार्थी युनियनले अखिल क्रान्तिकारी र त्रिविबीच चार वटा विभागको शुल्क घटाउने सम्झौताको आधिकारिकता खोजेको छ । स्ववियु अध्यक्ष दीपकराज जोशीले आधिकारिकता खोज्दै त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।

‘चारवटा विभागहरु कार्यक्रमबाट विभागमा परिणत भएपछि शुल्क घट्नु स्वभाविक कुरा हो। भ्रम सिर्जना गर्ने गरी कुनै शैक्षिक, वैज्ञानिक तथा वस्तुगत आधारबिना शुल्क घटाएको भनी कागजको खोस्टामा रहेको सम्झौताले विद्यार्थीलाई थप अन्यायपूर्ण अवस्थामा पुर्‍याएको छ। सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो भन्ने प्रश्न चिन्ह खडा भएको छ। हरेक पटक नयाँ सम्झौताको नाममा विद्यार्थी शोषणलाई वैधानिकता दिने नाटक अब सह्य हुने छैन,’ ज्ञापनपत्रमा भनिएको छ ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका चारवटा केन्द्रीय विभाग अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनको शुल्क घटाउने सहमति भएको थियो ।

केन्द्रीय विभागहरूको शैक्षिक शुल्क सम्बन्धी सूक्ष्म अध्ययन गरी शुल्क पुनर्मूल्याङ्कन समिति गठन गरिनुपर्ने र छात्रवृत्ति नियम संगत लागू गरिनुपर्ने माग राखेको छ ।

छात्रवृत्ति सम्बन्धित निर्देशिका अन्यायपूर्ण र विभेदकारी रहेको स्ववियुको धारणा छ। ‘निःशुल्क छात्रवृत्ति प्रत्येक वर्ष एउटै विद्यार्थीलाई दोहोरिनेमा हाम्रो विमति रहेको छ,’ पत्रमा भनिएको छ।

तीन दिनभित्र शुल्क पुनःमुल्याङ्कन समिति गठन गरी ठोस पहल नगरेमा स्वतन्त्र विद्यार्थी युनियन बाध्य भएर आन्दोलनका कार्यक्रमहरु श्रृङ्खलाबद्ध रूपमा अगाडि बढाउने चेतावनी स्ववियुले दिएको छ ।

‘आन्दोलनबाट सिर्जना हुने कुनै पनि परिस्थिति को जिम्मेवारी त्रिभुवन विश्वविद्यालय स्वयंले लिनुपर्नेछ,’ पत्रमा भनिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार ०७:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP