• २०८३ असार ३० | Tue, 14 Jul 2026

ईको हिमालको सहयोगमा मण्डनदेउपुरकाे पञ्चकन्या आधारभूत विद्यालयका १५ विद्यार्थीलाई छात्रवृत्ति

ईको हिमालको सहयोगमा मण्डनदेउपुरकाे पञ्चकन्या आधारभूत विद्यालयका १५ विद्यार्थीलाई छात्रवृत्ति

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ स्थित पञ्चकन्या आधारभूत विद्यालयका १५ जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति वितरण गरिएको छ ।

ईको हिमाल, नेपाल संस्थाको सहयोगमा आयोजित कार्यक्रममा छनोटमा परेका १५ जना विद्यार्थीलाई स्वःआर्जित छात्रवृत्तिअन्तर्गत जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश गनेजु श्रेष्ठले संस्थाले दुर्गम तथा आर्थिकरूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारका तर्फबाट ईको हिमाल, नेपालप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा नै विकासको मूल आधार भएकाले यस्ता सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, विद्यालय, अभिभावक र सहयोगी संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

प्रधानाध्यापक श्रेष्ठले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई अझ मिहेनतका साथ अध्ययन गरी प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने ईको हिमाल, नेपालका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा उपस्थित सम्पूर्ण महानुभावप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानाध्यापक रमेश गनेजु श्रेष्ठका अनुसार ईको हिमाल, नेपालको यस सहयोगले विद्यालयका आर्थिकरूपमा विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २१, आईतवार १७:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP