• २०८३ कार्तिक ५ | Wed, 21 Oct 2026

स्वआर्जित छात्रवृत्तिबाट मण्डनदेउपुरकाे कालिका आधारभूत विद्यालयमा ‘शुलभ स्टेशनरी’

स्वआर्जित छात्रवृत्तिबाट मण्डनदेउपुरकाे कालिका आधारभूत विद्यालयमा ‘शुलभ स्टेशनरी’

मण्डनदेउपुर । इको हिमाल नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सहकार्य तथा किन्डरमिसन्सवर्क जर्मनीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको ग्रामीण सहयोग शिक्षा परियोजनाअन्तर्गत स्वआर्जित छात्रवृत्ति कार्यक्रममार्फत वडानम्बर १० मा रहेकाे श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति वितरण गरेको छ ।

वितरण गरिएको छात्रवृत्तिबाट लाभान्वित सात जना विद्यार्थीले आफ्नो सामूहिक निर्णयअनुसार अध्ययन खर्चमा सहयोग पुग्ने र आत्मनिर्भर बन्ने उद्देश्यले ‘शुलभ स्टेशनरी’ सञ्चालनमा ल्याएका छन् ।

विद्यालयका प्रधानाध्यापक अम्बिका पण्डितका अनुसार विद्यालयभित्रै स्टेशनरी सञ्चालन भएपछि शिक्षक, कर्मचारी तथा विद्यार्थीले आवश्यक शैक्षिक सामग्री सहज र सुलभ मूल्यमा प्राप्त गर्न सक्नेछन् । साथै, कापी–कलमलगायतका सामग्री बिना विद्यालय आउने विद्यार्थीलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन पनि यसले सहयोग पुग्नेछ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई व्यवसाय सञ्चालन, आम्दानी–खर्चको लेखाजोखा राख्ने सीप तथा उद्यमशीलताको व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको छ । सात जना विद्यार्थीको संयुक्त लगानीमा स्थापना गरिएको स्टेशनरी प्रारम्भिक चरणमा विद्यालयका शिक्षकहरूको अभिभावकत्वमा सञ्चालन गरिनेछ भने आगामी दिनमा विद्यार्थीहरूले नै यसको सम्पूर्ण व्यवस्थापन गर्नेछन् । स्वआर्जित छात्रवृत्ति कार्यक्रमका संरक्षक शिक्षक दिनेश अधिकारीले यसले विद्यार्थीमा जिम्मेवारी, नेतृत्व क्षमता र आर्थिक व्यवस्थापनको सीप विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

इको हिमाल नेपालकी परियोजना व्यवस्थापक अनिषा खरेलले आर्थिक अभावका कारण विद्यार्थीले बीचमै पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा, आत्मनिर्भरता र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै विशेष समारोहबीच ‘शुलभ स्टेशनरी’को औपचारिक उद्घाटन गर्नुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २१, बिहीबार १६:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP