• २०८३ असार ३२ | Thu, 16 Jul 2026

काभ्रे बहुमुखी क्याम्पसको सातौं क्याम्पस सभा सम्पन्न

काभ्रे बहुमुखी क्याम्पसको सातौं क्याम्पस सभा सम्पन्न

बनेपा। काभ्रे बहुमुखी क्याम्पसको सातौं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ ।

सभाको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका शाक्यले क्याम्पस सभा सफलताको शुभकामना व्यक्त गर्दै क्याम्पस संचालकले पारदर्शीता देखाएकोले उच्च शिक्षामा बनेपा नगरपालिकाले हेर्ने दृष्टिकोण अतुलनीय रहेको चर्चा गर्नु भयो।

क्याम्पसले समयको माग अनुसार युवाहरुलाई समेट्ने किसिमको शैक्षिक सामाग्री र संकायहरु अध्ययन गराउन जोड दिनुभयो।

कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य राजु सरकारले शिक्षा क्षेत्रलाई राजनीतिबाट बचाउन सके मात्र शैक्षिक क्षेत्र दिगो हुन सक्ने बताउनुभयो। उहाँले पार्टीका झोले कार्यकर्ताहरु बाट शैक्षिक संस्थालाई मुक्त राख्नु जरुरी भएकोमा जोड दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस संचालक समितिका उपाध्यक्ष एवं वरिष्ठ साहित्यकार मोहन दुवालले राख्नु भएको थियो। सो अवसरमा उहाँले कविता वाचनसमेत गर्नु भएको थियो।

संचालक समितिका सदस्य शिला कतिलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने क्याम्पस प्रमुख केजी बैदारले वार्षिक प्रगति प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। लेखा समितिका संयोजक एवं कोषाध्यक्ष रामराजा धौवडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। क्याम्पस सभा संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २९, शनिबार ०९:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP