• २०८३ असार ३२ | Thu, 16 Jul 2026

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक(ग्रेड वृद्धि)को नतिजा आज सार्वजनिक गरेको छ ।

बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कुल परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण भएको बोर्डले जनाएकाे छ ।

गत साउन २९ देखि भदौ ६ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ११, शनिबार ०६:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP