• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

मण्डनदेउपुरको डेडीथुम्का माविले मनायो ४७ औं वार्षिकोत्सव

मण्डनदेउपुरको डेडीथुम्का माविले मनायो ४७ औं वार्षिकोत्सव

ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ स्थित डेडीथुम्का माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

आइतबार आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विद्यालयका प्रधानाध्यापक शिवकुमार पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

वार्षिकोत्सवका अवसरमा विद्यार्थी तथा अभिभावक लक्षित विभिन्न शैक्षिक, सांस्कृतिक र अतिरिक्त क्रियाकलापसम्बन्धी कार्यक्रमहरू आयोजना गरिएको थियो। साथै विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा योगदान पुर्‍याउने १५ जना शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख नेपालले विद्यालयले स्थानीय शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाका लागि नगरपालिकाको सहयोग निरन्तर रहने बताउनुभयो।

प्रधानाध्यापक पौडेलले विद्यालयको शैक्षिक उपलब्धि, आगामी योजना तथा चुनौतीबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

मण्डनदेउपुर नगरपालिकाको सबैभन्दा पुराना विद्यालयमध्ये एक मानिने डेडीथुम्का माध्यमिक विद्यालयमा हाल करिब ३५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले स्थापनाकालदेखि नै स्थानीय समुदायमा शिक्षा विस्तार र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १७, आईतवार १९:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP