• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

काठमाडौँ विश्वविद्यालयमा डिसेम्बर २६ देखि ‘केयु आईटी मीट २०२५’ हुँदै

काठमाडौँ विश्वविद्यालयमा डिसेम्बर २६ देखि ‘केयु आईटी मीट २०२५’ हुँदै

धुलिखेल । काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लबकाे आयाेजनामा ‘केयु आईटी मीट २०२५’ हुने भएको छ । प्रविधि, नवप्रवर्तन र विद्यार्थी र उद्योगबीचकाे सहकार्यलाई प्राथमिकतामा राख्दै केयु कम्प्युटर क्लबकाे वार्षिक प्रमुख कार्यक्रम अनुसार ‘केयु आईटी मीट २०२५’ आयोजना गरिएको मंगलबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

आगामी डिसेम्बर २६ अर्थात पुस ११ गते काठमाडौँ विश्वविद्यालयकाे कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागद्वारा कार्यक्रमकाे आयोजना गरिएको हाे। क्लबकाे मुख्य उद्देश्य सैद्धान्तक ज्ञान र उद्योगको व्यवहारिक अभ्यासबीचको दूरी कम गर्नु हो ।

यस वर्ष आयोजना हुन लागेको आईटी मीटले विद्यालय तहका विद्यार्थीदेखि सूचना प्रविधि उद्योगका विज्ञसम्मलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य लिएको आयोजक कम्प्युटर क्लबका भाइस प्रिन्सिपल किरण दाहालले जानकारी दिनुभयाे । गत वर्ष आयोजना गरिएको आईटी मीटको अनुभवका आधारमा यो वर्ष थप सशक्तरुपमा संचालन गरिने योजना बनाइएको उहाँले बताउनुभयाे ।

विगत २५ वर्षभन्दा बढीको इतिहास बोकेको काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब सन् १९९७ मा स्थापना भएको हाे । याे नेपालमा सूचना प्रविधि, शिक्षा र सीप विकासका क्षेत्रमा अग्रणी विद्यार्थी सञ्चालित संस्था हो ।

‘आईटी मीट २०२५’ प्रविधि र नवप्रवर्तनको एक ठूलो उत्सव हो । यस वर्ष “#Connect. Compute. Create.” भन्ने नाराका साथ आयोजना हुन लागेको यस मेलामा १५ भन्दा बढी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन् । जसमा मुख्य कार्यक्रम पूर्वका गतिविधिहरू (Pre-events), प्रदर्शनी र पोस्ट-इभेन्टहरू रहेका छन् । यस कार्यक्रमले विद्यालयका विद्यार्थीदेखि उद्योगका विज्ञहरूसम्मलाई एकै ठाउँमा ल्याएर सिक्ने र सञ्जाल बनाउने अवसर प्रदान गर्दछ ।

गत वर्ष Refresh, Reimagine and Innovate थिममा आयोजना भएको केयु आईटी मीट २०२४ मा १० हजारभन्दा बढी प्रत्यक्ष आगन्तुक सहभागी भएका थिए । गत वर्ष अनलाइन माध्यमबाट १५ लाखभन्दा बढी इम्प्रेसन र ९ लाखभन्दा बढी अवलोकन गरिएको थियो । नेपालभरका २० भन्दा बढी कलेजहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त संस्करणमा ४ सय ५० भन्दा बढी आवेदकहरू सहभागी थिए । नेपालकै सबैभन्दा ठूलो इन–पर्सन ह्याकाथन पनि सम्पन्न भएको थियो । जहाँ ४४ वटा परियोजनाहरू प्रस्तुत गरिएका थिए ।

आईटी मीट २०२५ का हालसम्मका गतिविधिहरू

यस वर्षको संस्करण अन्तर्गत हालसम्म विभिन्न प्रि-इभेन्टहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन्ः

EmpowerHer: प्रविधिमा महिलाहरूको सहभागिता बढाउने उद्देश्यले आयोजित यस कार्यक्रममा ८० भन्दा बढी सहभागीहरु उपस्थित थिए। यसमा देवफिनिटी नेपालकी निर्देशक जानकी जोशी र नेपाल टेलिकमकी पूर्व सीटीओ मिनु प्रधानले मन्तव्य राख्नुभएको थियो।

We Shield Cyber (डिसेम्बर २१): यसमा १५ टोली सहभागी रहेको CTF (Capture The Flag) र “डिजिटल निर्वाचन” सम्बन्धी प्यानल छलफल आयोजना गरियो । छलफलमा साइबर ब्युरोका एसपी दीपकराज अवस्थी, सेक्युरिटी पालका समिर गौतम र निर्वाचन आयोगका आईटी निर्देशक योगेश अर्यालले नेपालमा डिजिटल निर्वाचनका पूर्वाधार र कानुनी चुनौतीबारे चर्चा गर्नुभएको थियो।

Gaming Events (डिसेम्बर २२): भालोरेन्ट (VALORANT) र पब्जी मोबाइल (PUBG Mobile) जस्ता खेलहरूमा २५० भन्दा बढी गेमर्सहरूले ८२,००० रुपैयाँको पुरस्कार राशिका लागि प्रतिस्पर्धा गरेका थिए ।

Idea Pitching (डिसेम्बर २२): १२ टोलीहरूले आफ्ना व्यवसायिक सोचहरू विज्ञ निर्णायकहरूसमक्ष प्रस्तुत गरे, जसमा ‘टिम सिनाष्टिक’ (Team Synaptic) विजेता घोषित भयो।

आगामी मुख्य आकर्षणहरू (डिसेम्बर २४-२६)

KU HackFest २०२५ (डिसेम्बर २४-२६)
यो ४८ घण्टा लामो निरन्तर चल्ने ह्याकाथन हो, जहाँ सहभागीहरूले AI/ML, AR/VR, Blockchain र IoT जस्ता प्रविधि प्रयोग गरी प्रोजेक्ट निर्माण गर्नेछन् ।

दर्ता: १६१ टोली ।

सहभागीः १५० भन्दा बढी छानिएका सहभागी।

पुरस्कार राशिः २,५०,००० रुपैयाँभन्दा बढी ।

च्याम्पियन्स प्रायोजक: Alpen Labs Inc. रD&S Inc. रहेका कार्यक्रममा जानकारी दिइएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ८, मंगलवार १५:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP