• २०८३ असार ३० | Tue, 14 Jul 2026

बुडोल सामुदायिक साकोसद्वारा एसईई सम्मान कार्यक्रम सम्पन्न

बुडोल सामुदायिक साकोसद्वारा एसईई सम्मान कार्यक्रम सम्पन्न

बनेपा। बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा काभ्रेको बनेपा–६, बुडोलस्थित चेतना केन्द्रको सभा हलमा शनिबार एसईई सम्मान कार्यक्रम २०८३ सम्पन्न भएको छ ।

कार्यक्रममा एसईई परीक्षा २०८२ मा सहभागी भई उत्तीर्ण भएका संस्थामा आबद्ध १९८ जना कोपिला बालबचतकर्ता विद्यार्थीलाई बधाई तथा शुभकामनासँगै सम्मान पत्र र स्कूल/कलेज ब्यागलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा संस्थागत विद्यालयतर्फ सर्वोत्कृष्ट जिपिए हासिल गर्ने छात्रा इशिका के.सी. तथा छात्र कृतिक दाहाल र आदित्य सापकोटा, साथै सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट जिपिए हासिल गर्ने छात्रा श्रीया खत्री र छात्र सचिन गिरीलाई जनही रु. ५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक गायत्री खड्काको सभापतित्व तथा प्राध्यापक एवं शिक्षाविद् भोलाबहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपसमिति सदस्य तारानाथ बजगाईले गर्नुभएको थियो ।

कार्यक्रममा संयोजक गायत्री खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका अध्यक्ष कैलाश के.सी.ले संस्थाको परिचय दिँदै सफल विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि प्राध्यापक भोलाबहादुर के.सी.ले शिक्षाको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १३, शनिबार १४:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP