• २०८३ असार ३० | Tue, 14 Jul 2026

२०८२ साल भदौ ३१ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ साल भदौ ३१ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल भाद्र ३१ गते मंगलबार तदनुसार १६ सेप्टेम्बर २०२५ । दशमी तिथी ५२ घडी १४ पला उप्रान्त एकादशी तिथी प्रारम्भ हुनेछ । आरद्रा नक्षत्र ११ घडी ४० पला उप्रान्त पुनर्बशु नक्षत्र प्रारम्भ हुनेछ । ब्यतिपात योग बब करण आज बिहान सूर्योदय ५:५० मा भयो भने सूर्यास्त साँझ ६:०६ मा हुनेछ। आज मंगलबार चन्द्रमा मिथुन राशिमा

मेष राशि
आकस्मिकरूपमा धनलाभ मिल्नेछ । दाजुभाइमा माधुर्यता छाउनेछ । बोलीमा सुधार हुनुका साथै लेखनशैलीमा तीव्रता आउनेछ । पराक्रममा वृद्धि हुनुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ ।

वृष राशि
बाेलीमा कठोरता आउनाले हातमा परेको धनसमेत फुत्कन सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा कमी आउनेछ। दाजुभाइमा मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जानेछ।

मिथुन राशि
सिंगारमा मन जानेछ । कर्मचारी वर्गका लागि आजको दिन लाभदायक हुनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । धन उठ्न सक्ने सम्भावना बढेर जानुका साथै भोजभतेरमा सामेल भइनेछ।

कर्कट राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । साथी भाइबाट धोका पाउने योग छ । अनावश्यक विवादमा फसिने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला ।

सिंह राशि।
धार्मिक कार्यतर्फ मन जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले दाजुभाइको समेत साथ पाइने योग छ।

कन्या राशि
दाजुभाइमा मनमुटावको सिर्जना हुने देखिन्छ। खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यमा उतारचढाव आउनुका साथै पारिवारिक असमानता बढेर जानेछ । सजग रहनुहोला ।

तुला राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। वैदेशिक कार्यमा बाधा आउने योग छ । साथीभाइमा समेत अपहेलित हुनुपर्ने देखिन्छ ।

वृश्चिक राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । धर्मकर्मतर्फ मन जानेछ। पठनपाठनमा सफलता पाउनाले सबैको विश्वासिलो भइनेछ। नयाँ साथीको आगमनले मनमा उत्साह बढेर जाने देखिन्छ ।

धनु राशि
मानसम्मानमा वृद्धि भएर जानेछ। भौतिक सम्पत्ति जोडिने योग छ। नयाँ साथीको साथ र सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ ।

मकर राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्नेछ ।सामाजिक कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।

कुम्भ राशि
मानसम्मानमा आघात पुग्नेछ । मातृ स्वास्थ्यमा शिथिलता आउने देखिन्छ । परिवारमा अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।

मीन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। आर्थिक पक्षमा सुधार भएर जानेछ। हराएको धनमाल भेटिन सक्ने सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३१, मंगलवार ००:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP