• २०८३ असार ३० | Tue, 14 Jul 2026

२०८२ आश्विन ३ गते शुक्रबारः आजकाे राशिफल यस्ताे छ

२०८२ आश्विन ३ गते शुक्रबारः आजकाे राशिफल यस्ताे छ

काठमाडौँ। २०८२ साल आश्विन ३ गते शुक्रबार । तदनुसार १९ सेप्टेम्बर २०२५ त्रयोदशी तिथी ४६ घडी ०० पला चतुर्दशी तिथी प्रारम्भ हुनेछ । अत्लेषा नक्षत्र ०७ घडी ४१ पला उप्रान्त मघा नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग गर करण आज बिहान सूर्योदय ५:५१ मा भयो भने सूर्यास्त साँझ ६:०२ मा हुनेछ। आज शुक्रबार चन्द्रमा कर्कट राशिमा

मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउने छ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउने छ ।

वृष राशि
बोलीको प्रभाव बढेर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ । भोजभतेरमा सहभागी हुनुका साथै आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ।

मिथुन राशि
व्यर्थैमा झै झगडाको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउने छ। विश्वास गरेका साथीभाइसँग मनमुटाव हुनाले चिन्तामा समय बित्ने देखिन्छ । पैत्रिक सम्पत्तिमा वादविवाद आउनेछ।

कर्कट राशि
सौन्दर्यतामा मन जाने देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्। लेखनशैलीमा तीव्रता आउनुका साथसाथै भोजभतेरमा समेत सामेल भइनेछ।

सिंह राशि
चोटपटकको सम्भावना बढेर गएको छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। अनावश्यकरूपमा पारिवारिक कलह बढेर जानेछ। पैत्रिक सम्पत्तिमा वादविवाद सिर्जना हुनुका साथै शारीरिक आलस्यता बढ्नेछ।

कन्या राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। लेखन शैलीमा तीव्रता आउनाले मनमा उत्साह बढेर जानेछ।

तुला राशि
रक्तसम्बन्धी समस्याले सताउने देखिन्छ। बोलीमा कठोरता आउने देखिन्छ । वादविवादको सृजना नहोला भन्न सकिँदैन । धनमालसमेत हराउन सक्ने सम्भावना बढेर गएको छ।

वृश्चिक राशि
गरिरहेको काममा बाधा हुनेछ । जागिरमा वादविवादको सामना गर्नुपर्नेछ। वैदेशिक काममा बाधा आउनुका साथै पठनपाठनमा ह्रास आउने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।

धनु राशि
पराक्रममा वृद्धि भएर जानेछ । नयाँ कार्यको थालनी हुनेछ। दाजुभाइको सरसहयोग मिल्नेछ। कृषि तथा पशु चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। प्रेम गर्ने अवसर जुड्नेछ।

मकर राशि
पतिपत्नीबीच माधुर्यता छाउनेछ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। व्यापार व्यवसायबाट राम्रै नाफा भएर जानेछ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्।

कुम्भ राशि
बनिसकेको काममा वादविवादले काम बिग्रन सक्ने सम्भावना बढेर गएको छ। आफन्तमा बहिरभाव आउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्नेछ। स्वास्थ्यमा गडबढ आउने देखिन्छ।

मीन राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। टाउको दुख्ने समस्याले सताउनेछ। आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने अवस्था रहेको छ । थोरै कुरामा पारिवारिक कलह बढेर जाने देखिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३, शुक्रबार ०१:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP