• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

०८२ साल फागुन १० गते आइतबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल फागुन १० गते आइतबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल फागुन १० गते आइतबार तदनुसार २२ फेब्रुवरि २०२६ । पन्चमी तिथी १३ घडी २७ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । अस्विनी नक्षत्र ३० घडी ४० पला उप्रान्त भरणी नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग कौलव करण आज बिहान सूर्योदय ६:३७ मा भयो भने सूर्यास्त साँझ ५:५९ मा हुनेछ। आज आइतबार चन्द्रमा मेष राशिमा ।

मेष राशि
दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। आयआर्जनमा वृद्धि भएर जानेछ। नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएकाले मनमा उत्साह बढ्नुका साथै सबैको विश्वासिलो भइनेछ।

वृष राशि
पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। मानसम्मानमा आघात पुग्नाले मनमा चिन्ता छाउनेछ।

मिथुन राशि
नयाँ कार्यको थालनी हुने देखिन्छ। अध्ययन अध्यापनमा सफलता मिल्नाले मनमा खुसी छाउनेछ। पारिवारिक सरसहयोगले अधुरा रहेका कामहरू पूरा भएर जानाले मनमा उत्साह बढेर जानेछ।

कर्कट राशि
अर्काले गरेका गल्तीको पनि आफूले अपजसको सामना गर्नुपर्ने देखिन्छ । व्यर्थैमा झै झगडाको सामना गर्नुपर्ने योग छ। लेखन शैलीमा वृद्धि हुनाले मनमा उत्साह बढेर जानेछ।

सिंह राशि
जग्गा जमिनसम्बन्धी काममा बाधा आउने देखिन्छ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनेछ । मानसम्मानमा आघात पुग्ने देखिन्छ।

कन्या राशि
आयमा वृद्धि भएर जानेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पठनपाठनमा सफलता प्राप्त हुने र मनमा उत्साह उमङ्ग बढेर जानाले मनमा खुशी छाउनेछ।

तुला राशि
साझेदारी काममा वृद्धि भएर जानेछ। बोलीको प्रभाव बढेर जानेछ । पारिवारिक सरसहयोगले काममा सफलता प्राप्त हुने देखिन्छ । हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको देखिन्छ ।

वृश्चिक राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। परिवारमा असामानजस्य विवाद बढेर जानेछ। आँखासम्बन्धी समस्याले सताउने योग रहेको छ।

धनु राशि
आज नयाँ अवसर र नयाँ सोच आउने दिन हो। विदेश, अध्ययन वा तालिमसँग सम्बन्धित कुरामा शुभ समाचार सुन्न सक्नुहुन्छ। व्यापारमा विस्तारको योजना बन्न सक्छ। खर्च बढ्ने भएकाले बजेट बनाएर चल्नु राम्रो । परिवारबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा घुँडा वा कम्मर दुख्ने समस्या देखिन सक्छ।

मकर राशि
आज जिम्मेवारी बढ्ने तर त्यसअनुसार सम्मान पनि पाइने दिन हो । काममा अनुशासनले राम्रो नतिजा दिनेछ। आर्थिक रूपमा स्थायित्व आउने संकेत छ। घरपरिवारको समय दिनु आवश्यक देखिन्छ। प्रेम सम्बन्धमा दूरी महसुस हुन सक्छ, संवाद जरुरी छ। स्वास्थ्यमा पुराना समस्या दोहोरिन सक्छ, ध्यान दिनुहोस्।

कुम्भ राशि
आज सृजनात्मक र नयाँ सोचले काम गर्ने दिन हो । कला, डिजाइन, प्रविधि वा सामाजिक काममा सफलता मिल्न सक्छ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। अचानक खर्च आउन सक्छ। प्रेम जीवनमा नयाँ मोड आउन सक्छ। स्वास्थ्यमा थकान वा कमजोरी देखिन सक्छ, पोषिलो खाना खानुहोस्।

मीन राशि
आज मन शान्त र सकारात्मक रहनेछ। धार्मिक, आध्यात्मिक वा ध्यानसम्बन्धी काममा रुचि बढ्नेछ। पुराना साथी वा आफन्तसँग भेटघाट हुन सक्छ। आर्थिकरूपमा सन्तुलन रहनेछ। काममा प्रशंसा पाउने योग छ। स्वास्थ्यमा मानसिक सन्तुलन राम्रो रहे पनि पानी धेरै पिउनु लाभदायक हुनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १०, आईतवार ००:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP