काठमाडौँ । २०८२ साल कार्तिक ५ गते बुधबार । तदनुसार २२ अक्टोबर २०२५ । प्रतिपदा तिथी ३० घडी २९ पला द्वितीया तिथी प्रारम्भ हुनेछ । स्वाती नक्षत्र ४१ घडी ३१ पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ । पृतियोग बायब करण आज बिहान सूर्योदय ६:०८ मा भयो भने सूर्यास्त साँझ ५:२६ मा हुनेछ। आज बुधबार चन्द्रमा तुला राशिमा
मेष राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। गरिरहेका काममा सफलता प्राप्त गर्न सकिनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । माङ्गलिक कार्यमा सहभागी भइनेछ।
वृष राशि
अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ । बुबाको स्वास्थ्यमा खराबी आउनेछ। विश्वास गरेकाबाट प्राप्त धोकाले मनमा चिन्ता बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ ।
मिथुन राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । पारिवारिक कलह बढेर जाने देखिन्छ । अनावश्यक खर्चको बृद्धि भएर जानाले मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । धार्मिक कार्य तर्फ मन जानेछ। सबैको प्यारो बनिनेछ । पर्यटकीय क्षेत्रको भ्रमण गरिने योग छ । नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउनेछ।
सिंह राश
बोलीको प्रभाव बढेर जानेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। मान्यजनको सरसहयोगले वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। प्रेम गर्ने अवसर जुट्नेछ ।
कन्या राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सचेत धनको नाश हुनाले मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
तरल पदार्थसम्बन्धी कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। मानसम्मान पाइने योग छ । लेखन शैलीमा तीव्रता आउनेले मनमा खुसी छाउनेछ।
वृश्चिक राशि
शारीरिक आलस्यता बढेर जानेछ । पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ ।
धनु राशि
प्रशासनिक कार्यमा सुधार भएर जानेछ। उच्च व्यक्तिको मानसम्मान पाइने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ ।
मकर राशि
कृषि तथा चौपायबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने योग छ । विश्वास गरेका आफन्तबाट धोका पाइने देखिन्छ । व्यवसायमा घाटा बेहोर्नु पर्दा मनमा चिन्ता बढेर जानेछ।
कुम्भ राशि
वैदेशिक कार्यमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। दाजुभाइमा कलह बढेर जानेछ। मानसिक तनाव बढेर जाने देखिन्छ ।
मीन राशि
न्यायिक कार्यमा तपाईँकै जित हुने देखिन्छ । नयाँ धनमाल जोड्न सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा तीव्रता आउनेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ ।
प्रतिक्रिया