बनेपा । २०८२ साल मार्ग १६ गते मंगलबार तदनुसार २ डिसेम्बर २०२५ । द्वादशी तिथी १४ घडी १३ पला त्रयोदशी तिथी प्रारम्भ हुनेछ। अश्विनी नक्षत्र २९ घडी ४१ पला उप्रान्त भरणी नक्षत्र प्रारम्भ हुनेछ । बरियान योग कौलव करण आज बिहान सूर्योदय ६:३९ मा र सूर्यास्त साँझ ५:६ मा हुनेछ । आज मंगलबार चन्द्रमा मेष राशिमा ।
मेष राशि
अधुरा काम पूरा भएर जानेछन् । अनावश्यक विवादको अन्त्य भएर जानेछ। पारिवारिक सरसहयोगले काममा सफलता पाइने योग छ। धार्मिक कार्यको थालनी हुनुका साथै प्रेम गर्ने अवसर जुट्नेछ ।
वृष राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्दा मानसिक तनाव बढेर जानेछ।
मिथुन राशि
आय आर्जनमा वृद्धि भएर जानेछ । नयाँ साथीको आगमनले काममा सफलता पाइने योग छ। लेखन शैलीमा तीव्रता आउने योग छ । दाजुभाइमा आत्मीयता बढेर जानाले मनमा उत्साह बढेर जानेछ।
कर्कट राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पैत्रिक सम्पत्तिमा वादविवाद बढेर जानेछ। धनमालसमेत हराउन सक्ने सम्भावना बढेर गएको छ ।
सिंह राशि
अनावश्यकरूपमा वादविवाद बढेर जानेछ। आफन्तबाट धोका पाइने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ । राज्यपक्षबाट कष्टता पाइने योग छ।
कन्या राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पठनपाठनमा सफलता प्राप्त हुनुका साथै न्यायिक कार्यमा समेत तपाईंकै जित हुने देखिन्छ।
तुला राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । आफन्तको सहयोगले कार्यमा सफलता पाइने योग छ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
वृश्चिक राशि
आयमा कमी भएर जानेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । मानसम्मानमा आघात पुग्ने देखिन्छ । राज्य पक्षबाट समेत स्पष्ट पाइने योग छ।
धनु राशि
पारिवारिक विवाद अनावश्यकरूपमा बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । अनावश्यक खर्चको मात्रा बढ्नेछ। अर्काले गरेका गल्तीको आफूले सजायँ भोग्नुपर्ने देखिन्छ।
मकर राशि
पराक्रम बढेर जानेछ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। भौतिक साधन खरिद गरिने योग रहेको छ। प्रेम गर्ने अवसर जुट्नेछ।
कुम्भ राशि
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा माधुर्यता छाउने छ। लामो समयदेखि कसैको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा सफलता पाइने योग छ। भोज भतेरमा सहभागी भइनेछ।
मीन राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। पारिवारिक मनमुटावको सिर्जना हुनेछ। लेखन शैलीमा कमी आउने देखिन्छ । सामाजिक काममा विवाद बढेर जानाले मनमा चिन्ता बढेर जानेछ ।
प्रतिक्रिया