काठमाडौँ । २०८२ साल आश्विन १८ गते शनिबार । तदनुसार ४ अक्टोबर २०२५ द्वादशी तिथी २० घडी ११ पला त्रयोदशी तिथी प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र २ घडी ५४ पला उप्रान्त शतभिषा नक्षत्र प्रारम्भ हुनेछ । शुल योग बायब करण आज बिहान सूर्योदय ५:५८ मा भयो भने सूर्यास्त साँझ ५:४५ मा हुनेछ। आज शनिबार चन्द्रमा कुम्भ राशिमा
मेष राशि
मनमा चञ्चलता बढेर जानेछ । विपरीत लिङ्गीतर्फ आकर्षण भइनेछ। बोलीमा माधुर्यता छाउनेछ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।
वृष राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ । पुराना साथीभाइसँग रमाइलोमा समय व्यतीत गरिनेछ । धनमाल जोडिने योग छ। लामो दूरीको यात्राको अवसर जुट्नाले मनमा खुसी छाउने छ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । सौन्दर्यतामा मन जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। आकस्मिकरुपमा धनमाल जोडिनेछ।
कर्कट राशि
पराक्रम बढेर जानेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जानेछ। भोजभतेरमा सहभागी भइनेछ।
सिंह राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । अनावश्यक विवाद बढेर जानेछ। दाजुभाइमा मनमुटावको सिर्जना हुनुका साथै अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।
कन्या राशि
नशासम्बन्धी समस्याले सताउनाले काममा बाधा आउनेछ । लेखन शैलीमा कमी आउने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएकाले सजगताका साथ अगाडि बढ्नुहोला।
तुला राशि
धार्मिक कार्यमा सहभागी भइनेछ । शैक्षिक कार्यमा सफलता पाइने योग छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ।
वृश्चिक राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। शैक्षिक कार्यमा सफलता पाइने योग छ। साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ।
धनु राशि
अनावश्यकरूपमा विवाद बढेर जानेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ।
मकर राशि
आकस्मिकरूपमा धनलाभ मिल्नेछ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
कुम्भ राशि
मानसम्मानमा आघात पुग्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।
मीन राशि
पराक्रम बढेर जानेछ । न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ । धार्मिक यात्राको अवसर मिल्नेछ । साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पूरा भएर जानेछन्।
प्रतिक्रिया