बनेपा । २०८२ साल माघ ८ गते बिहीबार तदनुसार २२ जनवरी २०२६ । चतुर्थी तिथी ४६ घडी ४१ पला उप्रान्त पन्चमी तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र १८ घडी १९ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग बयब करण आज बिहान सूर्योदय ६:५७ मा भयो भने सूर्यास्त साँझ ५:३५ मा हुनेछ ।आज बिहीबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
नयाँ कार्यको थालनी हुनेछ । पारिवारिक सरसहयोगले व्यापारमा थप लगानी बढाइने योग छ। बोलीमा मिठास छाउनेछ। पराक्रममा वृद्धि भएर जानेछ।
वृष राशि
धार्मिक कार्यमा बाधा आउने देखिन्छ। आयमा कमी आउनेछ । पठनपाठनमा बाधा आउने योग छ। गरिरहेको काममा ह्रास आउनुका साथै सामाजिक काममा समेत वादविवाद बढेर जाने देखिन्छ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । धार्मिक यात्राको अवसर जुट्नेछ। मानसम्मानमा वृद्धि भएर जानेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुने योग छ। रोकिएका कामहरू पुन सञ्चालनमा आउने देखिन्छ।
कर्कट राशि
अधुरा कामहरू पूरा भएर जानेछन् । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ । अनावश्यकरूपमा हुँदै आएको खर्चमा कटौती भएर जाने योग छ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । आयमा कमी आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। पारीवारिक विवाद बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशी
बोलीमा कठोरता आउनाले हातमा परेकाे धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। आर्थिक लेनदेनमा विवाद बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मानसिक तनाव बढेर जानेछ।
तुला राशि
मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। पठनपाठनमा सफलता पाइने योग छ। बौद्धिक कार्यमा अगाडि बढिने योग छ। हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको छ।
वृश्चिक राशि
व्यापार व्यवसायमा वृद्धि भएर जाने देखिन्छ। अध्ययन अध्यापनमा सफलता पाइने छ । सामाजिक काममा सफलता पाइने योग छ। साथीभाइको सरसहयोगले लामो समयदेखिको विवादको अन्त्य भएर जानेछ।
धनु राशि
मानसम्मानमा आघात पुग्ने देखिन्छ। बोलीमा कठोरता आउने योग छ। सानो कुरामा पनि पारिवारिक कलह बढेर जानेछ। पशुपंक्षीको व्यापारमा घाटा भएर जानाले मनमा नैरास्यता मिल्ने देखिन्छ।
मकर राशि
धार्मिक कार्यमा बाधा आउनेछ। नशासम्बन्धी समस्याले सताउने देखिन्छ। गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। जग्गा जमिनसम्बन्धी काममा विवाद बढेर जाने योग छ। विपरीत लिङ्गीबाट जोगिनुपर्ने देखिन्छ।
कुम्भ राशि
कृषि तथा चौपायबाट मनग्य लाभ लिन सकिनेछ। वैदेशिक यात्राको अवसर जुट्नेछ। अधुरा काम पूरा भएर जानेछन्। लेखन शैलीमा तीव्रता आउनुका साथै प्रेमीप्रेमीकाबीच माधुर्यता छाउने छ।
मीन राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। आफन्तमा बहिरभाव आउनेछ। राज्यपक्षबाट कष्टता पाइने योग छ। पैत्रिक सम्पत्तिमा विवाद बढेर जानेछ।
प्रतिक्रिया