• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

२०८३ असार २५ गते बिहीबार, यस्तो छ आजको राशिफल

२०८३ असार २५ गते बिहीबार, यस्तो छ आजको राशिफल

काठमाडाैं । २०८३ असार २५ गते बिहीबार, तदनुसार ९ जुलाइ २०२६ ।
मेष
आज साँझपख परिवारका सदस्यहरूसँग समय बिताउँदा मन अशान्तिबाट शान्तितर्फ मोडिनेछ । विद्यार्थी वर्गका लागि एकाग्रतामा कमी आउन सक्छ, त्यसैले अध्ययनमा थप मिहिनेतको आवश्यकता छ ।
वृष
पारिवारिक सुख र सामाजिक प्रतिष्ठामा वृद्धि हुने दिन छ । लामो समयदेखि रोकिएका कामहरू आज मित्रजन वा बन्धुवान्धवको सहयोगमा पूरा हुनेछन् । आर्थिक स्थिति सुदृढ बन्नेछ ।
मिथुन
दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । छोटो दूरीको फलदायी यात्राको योग पनि बनेको छ । स्वास्थ्य राम्रो रहनेछ । शरीरमा नयाँ ऊर्जा महसुस हुनेछ ।

कर्कट
मनमा केही चञ्चलता, भ्रम वा अस्थिरता रहन सक्ने छ । कुनै पनि महत्वपूर्ण निर्णय हतारमा वा अरूको उक्साहटमा लागेर नगर्नुहोला । कार्यक्षेत्रमा कामको चाप बढी हुनाले थकान र आलस्यता महसुस हुनेछ ।
सिंह
आज अनावश्यक खर्च र दौडधूप बढ्न सक्ने दिन छ । मिहिनेतको अनुपातमा प्रतिफल कम मिल्दा केही निराशा छाउन सक्छ । वैदेशिक व्यापार र वैदेशिक रोजगारीमा लागेकाहरूका लागि भने आजको दिन अनुकूल रहन सक्छ ।
कन्या
समाजमा तपाईंको कार्यको उच्च मूल्यांकन हुनेछ । मान–सम्मान प्राप्त हाेला । पुराना मित्रहरूसँग भेटघाट हुने र रमाइलो भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ ।

तुला
कार्यक्षेत्रमा तपाईंको वर्चस्व बढ्नेछ । उच्च अधिकारीहरू तपाईंसँग प्रसन्न रहनेछन् । सरकारी वा प्रशासनिक कामहरू सहजै सम्पन्न हुनेछन् ।
वृश्चिक
धार्मिक, आध्यात्मिक र परोपकारी कार्यमा रुचि बढ्नेछ । विद्यार्थीहरूका लागि आजको दिन सफलताको ढोका खुल्ने योग छ । नोकरीमा स्थानान्तरण वा नयाँ ठाउँमा काम गर्ने अवसर मिल्न सक्छ, जुन भविष्यका लागि फाइदाजनक हुनेछ ।

धनु
आजको दिन अलि सतर्क र सावधान रहनुपर्ने देखिन्छ । स्वास्थ्यमा अचानक गडबडी आउन सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष ध्यान दिनुहोला । कार्यक्षेत्रमा पनि सोचेजस्तो प्रगति नहुँदा मन खिन्न हुन सक्छ ।
मकर
दाम्पत्य जीवन र पारिवारिक सम्बन्धका लागि आजको दिन अत्यन्तै सुखद् रहनेछ । नयाँ प्रेम सम्बन्धको सुरुवात हुन सक्छ । छोटो तर अत्यन्तै मनोरञ्जक र सुखद यात्राको योग पनि छ ।

कुम्भ
आजको दिन पराक्रम र उत्साह बढ्ने समय छ । अदालत वा सरकारी निकायमा चलिरहेका पुराना मुद्दाहरू तपाईंको पक्षमा फैसला हुन सक्छन् । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
मीन
बौद्धिक र सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा उत्कृष्ट नतिजा ल्याउने र नयाँ विषय सिक्ने राम्रो अवसर छ । कला, संगीत, लेखन वा अभिनय क्षेत्रमा लागेका व्यक्तिहरूले आज विशेष सफलता र लोकप्रियता कमाउन सक्नेछन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २५, बिहीबार ०७:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP