• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८३ असार ११ गते बिहीबार, यस्तो छ आजको राशिफल

२०८३ असार ११ गते बिहीबार, यस्तो छ आजको राशिफल

काठमाडौँ । २०८३ असार ११ गते बिहीबार, तदनुसार २५ जुन २०२६ । यस्तो छ आजको राशिफलः
मेषः
छोटो यात्राको योग छ, तर सानो त्रुटिले आर्थिक क्षति हुन सक्छ । आर्थिक अवसर जुट्नेछ । सतर्क हुनुपर्ने बेला छ ।
वृषः
व्यापारमा धन लाभको योग छ । नयाँ कार्यको थालनी र यात्रा फलदायी रहनेछ । आर्थिक स्थिती सुदृढ हुनेछ ।

मिथुनः
फजुल खर्च बढ्नाले आर्थिक संकट पर्न सक्छ । वादविवादले आर्थिक हानी गराउने सम्भावना छ । लामो यात्रामा नजाँदा राम्रो हुनेछ ।
कर्कटः
नयाँ आर्थिक अवसर प्राप्त हुनेछन् । आकस्मिक धन लाभको योग छ । यात्रा सुखद र मनोरञ्जनात्मक हुने देखिन्छ ।

सिंहः
कार्यक्षेत्रमा उच्च सफलता मिल्नेछ । व्यावसायिक यात्राले नयाँ आर्थिक मार्गहरू खोल्ने प्रवल सम्भावना छ । रोकिएको पैसा उठ्नेछ ।
कन्याः
सोचेभन्दा कम धन लाभ भए पनि नयाँ आर्थिक अवसरहरूले भविष्यमा फाइदा पुर्याउनेछ । धार्मिक यात्राको योग छ ।

तुलाः
यात्रामा बाधा र कार्यक्षेत्रमा आर्थिक हानीको योग छ । निर्णयमा नहतारिनु हितकर हुनेछ । स्वास्थ्यमा समस्या आउनाले खर्च वृद्धि हुनेछ ।
वृश्चिकः
सुखद यात्राको योग र नयाँ आर्थिक लगानीका अवसरहरू मिल्नेछन् । साझेदारी व्यवसायबाट सोचेजस्तै धन लाभ हुनेछ ।
धनुः
पुराना ऋण चुक्ता हुनेछन् । प्रतिस्पर्धामा विजय मिल्नेछ । यात्रामा सामान्य धन हानी भए पनि आम्दानी सुरक्षित रहनेछ ।

मकरः
नयाँ लगानीको अवसर मिल्नेछ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । मनोरञ्जनात्मक यात्राले मन प्रफुल्लित बनाउने देखिन्छ ।
कुम्भः
पारिवारिक काममा खर्च बढ्नेछ । यात्रा कष्टकर हुन सक्छ । आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउनुहोला ।
मीनः
नजिकको यात्राबाट धन लाभ र नयाँ आर्थिक अवसर हात लाग्नेछ । पराक्रम बढ्नेछ । रोकिएका कामहरू सहजै बन्नेछन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ११, बिहीबार ०७:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP