• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ आश्विन २४ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ आश्विन २४ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल आश्विन २४ गते शुक्रबार । तदनुसार १० अक्टोबर २०२५ तृतीया तिथी ३ घडी ४३ पला चतुर्थी तिथी प्रारम्भ हुनेछ । कृतिका नक्षत्र ५० घडी ५४ पला उप्रान्त रोहिणी नक्षत्र प्रारम्भ हुनेछ । सिद्वी योग बब करण आज बिहान सूर्योदय ६:०१ मा भयो भने सूर्यास्त साँझ ५:३८ मा हुनेछ। आज शुक्रबार चन्द्रमा बृष राशिमा

मेष
कार्यमा ह्रास आउने छ । बादविवादको सामनमा गर्नु पर्नेछ । आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ भने झुट्टा आरोपको सामना गर्नु पर्नेछ । बोलीमा आएको कठोरता बढेर जाने देखिन्छ ।

वृष
परिवारिक सरसहयोग मिल्ने छ। जीवनमा नयाँ साथीको आगमनसँगै कार्यमा उच्चता हाशिल गर्न सकिनेछ । ठूला काममा भएको लगनशीलताले गर्दा व्यक्तिको समेत प्रशंसनीय भइनेछ मिष्ठान भोजनको अवसर जुट्नेछ ।

मिथुन
बोलीमा कठोरता आउनेछ । रिसको मात्रा बढेर जानेछ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । काममा बाधा आउनुका साथै आयमा कमी आउने सम्भावना देखिन्छ । आफन्तमा अनावश्यकरुपमा विवाद बढेर जाने देखिन्छ ।

कर्कट
धर्मकर्मतर्फ मन जानेछ । नयाँ साथीको आगमनले नयाँ काममा आँट साहस बढ्नुका साथै कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । पारिवारिक सरसहयोग प्राप्त हुनाले मनमा आनन्दत्व छाउनेछ ।

सिंह
अध्ययन अध्यापनमा सफलता प्रप्त हुनेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् भने मान सम्मान बढेर जानेछ । पारिवारिक सरसहयोगले फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ ।

कन्या
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ । बोलीमा आएको प्रभावले मानिसहरु छिटै आकर्षित हुनेछन् । लेखनशैलीमा तिव्रता आउनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ।

तुला
बाेलीको प्रभाव बढेर जानेछ । आयमा वृद्धि हुनुका साथै पारिवारिक सरसहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्। भोजभतेरमा सहभागी भइनेछ ।

वृश्चिक
धर्मकर्मतर्फ मन जानेछ । अधुरा काम पूरा भएर जानेछन् । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । ठूला व्यक्तिको प्रशंसनीय भइनेछ । हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको छ ।

धनु
व्यर्थैमा झैझगडाको सामना गर्नु पर्नेछ । आयमा कमी विद्यामा बाधा आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना देखिन्छ । चोटपटकको पनि सम्भावना रहेकाले सवारी साधनबाट जोगिनु पर्ने देखिन्छ । सजक रहनु होला ।

मकर
आय आर्जनमा वृद्धि भएर जानेछ । राजनीतिक क्षेत्रमा अगाडि बढ्न हौसला मिल्ने देखिन्छ । नोकरीमा पदोन्नतिको हुनुका साथै बाेलीको प्रभाव बढेर जानाले नयाँ कार्यको थालनी हुने सम्भावना देखिन्छ ।

कुम्भ
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ । बोलीमा सुधार भएर जानेछ । आयमा वृद्धि हुनुका साथै कृषि चौपायाबाट लाभ हुनेछ । पराक्रम बढेर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् ।

मीन
आँखासम्बन्धी समस्याले सताउने योग छ । काममा बाधा आयमा कमी हुनुका साथै विश्वास गरेकाबाट धोका हुनेछ । लेनदेनमा विवादको सामना गर्नु पर्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार ०१:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP